वेष्टइन्डिजका पूर्वकप्तान समीद्वारा पाकिस्तानी नागरिकताको आवेदन

वेष्टइन्डिजका पूर्वकप्तान समीद्वारा पाकिस्तानी नागरिकताको आवेदन


वेष्टइन्डिज क्रिकेट टीमका पूर्वकप्तान डेरेन समीले पाकिस्तानको नागरिकताको लागि निवेदन दिएका छन् । अलराउण्डर समीले नागरिकताको लागि दिएको निवेदन यतिबेला पाकिस्तानी राष्ट्रपति इमरान खानकहाँ पुगेको छ । आफ्नो निवेदन चाँडै स्वीकृत हुने कुरा समी ढुक्क देखिएका छन् ।

वेष्टइन्डिज टीमलाई दुई पटक टी–२० विश्वकप दिलाउन सफल पूर्वकप्तान समी यतिबेला पाकिस्तानमा छन् । उनी पाकिस्तान सुपर लीग (पीएसएल)को पाँचौं संस्करणमा पेशावर जाल्मीको नेतृत्व गर्न गर्दैछन् । समीलाई नागरिकता दिलाउन पेशावर जाल्मीका मालिकले पुरै प्रक्रिया मिलाएका छन् ।

समी विगत पाँच संस्करणदेखि पाकिस्तान सुपर लीगमा प्रतिनिधित्व गर्दै आएका छन् । समीभन्दा पहिले कुनै पनि विदेशी क्रिकेट खेलाडीले पाकिस्तानमा क्रिकेट खेल्न अस्वीकार गर्दै आएका थिए । समी त्यस्ता स्टार क्रिकेटर हुन जस्ले पाकिस्तानबाट खेल्न मन्जुरी दिएका थिए । समी विगत पाँच वर्षदेखि पाकिस्तानमा क्रिकेट खेल्दै आएका छन् ।

समीले पाकिस्तानबाट क्रिकेट खेल्न थालेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन निकै सहयोग पुगेको छ । सन २००९ मा श्रीलंका क्रिकेट टीममाथि भएको आतङ्कारी हमलापछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बन्द भएको थियो । टेष्ट क्रिकेट खेल्ने कुनै पनि राष्ट्रले पाकिस्तानमा कुनै पनि क्रिकेटका श्रृंखला नखेल्ने सामुहिक निर्णय गरेका थिए । अहिले पाकिस्तानमा हुने क्रिकेट श्रृंखलाहरु न्यूटल भूमीमा हुँदै आएका छन ।

समीले वेस्टइन्डिजको तर्फबाट ३८ टेष्ट खेल्नुको साथै १ हजार ३सय २३ रन बनाएका छन भने ८४ विकेट पनि लिएका छन् । त्यस्तै १ सय २६ एकदिवसिय क्रिकेट खेलेका समीले १ हजार ८ सय ७१ रन बनाउनुको साथै ८१ विकेट लिएका छन् । यसैगरि टी–२० मा आफ्नो राष्ट्र वष्टइन्डिजलाई दुई पटक विश्व च्याम्पियन बनाउन सफल रहेका समीले टी–२० मा ५ सय ८७ रन बनाउनुको साथै ४४ विकेट लिन सफल भएका छन् ।