‘कोभिड-१९’को संक्रमण बढेपछि दूतावासद्वारा सावधानी अपनाउन आग्रह

‘कोभिड-१९’को संक्रमण बढेपछि दूतावासद्वारा सावधानी अपनाउन आग्रह


■ सविना कार्की, साउथ कोरिया

कोरोना नामक प्राणघातक भाइरसको संक्रमण साउथ कोरियामा पनि एकाएक बढ्न पुगेपछि सिओलस्थित नेपाली राजदूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी तथा अन्य पेशा–व्यवसाय गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

पछिल्लो सूचनाअनुुसार दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ भने ५५६ जना संक्रमित बनेका छन् । त्यसैगरी संक्रमणको आशंकामा ६०३९ जनाले चेकजाँच लिएका छन् र १८ जना निको भई घर फर्केका बुझिएको छ । तर, शनिबार राति मात्र १२३ जना संक्रमित थपिएबाट कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अझै बढ्ने सक्ने देखिएको छ ।

कोरियन सरकारले अहिलेसम्म देशबाहिरबाट हुन सक्ने संक्रमणलाई रोक्न ध्यान केन्द्रित गरिसकेको र भाइरसलाई स्थानीय रूपमा फैलनबाट रोक्न सरकार जोडदार रुपमा लागिपरेको कोरियाका प्रधानमन्त्री चुङ सिए क्युनले बताएका छन् ।

प्रधानमन्त्रीले यो परिस्थितिसँग जुझ्न केन्द्र र स्थानीय सरकार, व्यक्ति र चिकित्सा क्षेत्रको ठोस प्रयासको लागि आग्रह गरे समेत गरेका छन् ।

गत शुक्रबार सम्म २ सय २९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो भने शनिबारसम्म संक्रमितको संख्या ४ सय ३३ रहेकोमा आज आइतबार बिहानसम्म यो संख्या ५ सय ५६ पुगेको कोरियन सञ्चारमाध्यमले प्रशारण गरेका छन् ।

यस्तो छ सिओलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति–