एलजीको निःशुल्क एसी सर्भिस क्याम्प २०२०

एलजीको निःशुल्क एसी सर्भिस क्याम्प २०२०


एलजीले फागुन ८ गतेदेखि निःशुल्क एसी सर्भिस क्याम्प सञ्चालन गरेको छ । कम्पनीले जनाएअनुसार यस क्याम्पअन्तर्गत कुनै पनि ब्राण्डको एसी निःशुल्क सर्भिस गराउन सकिन्छ ।

साथै, क्याम्पको उद्देश्य स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन अनि डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङ्कनका साथ नयाँ एलजी एसी पनि साट्न सकिने बताइएको छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनुपर्ने छ र यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुने कम्पनीले जनाएको छ ।