मरिष्का किन आइन् सिड्नी ?

मरिष्का किन आइन् सिड्नी ?


  • राजन घिमिरे, अष्ट्रेलिया

अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन् । यसै साता उनी सिड्नी आइपुगेकी हुन् । पछिल्लो समय युवा पुस्तामाझ चिनिएकी र मनपराइएकी अभिनेत्री मरिष्का एसएनएस ट्राभलका सुनिल उप्रेतीको निमन्त्रणामा सिड्नी आइपुगेकी बुझिएको छ ।

सिड्नी रहँदा मरिष्काले विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएकी छन् । मार्च ७ मा आयोजना हुने होली मेलामा सहभागी हुने र त्यसैदिन एसएनएस ट्राभलले उनलाई ब्राण्ड एम्बेसेडर घोषणा गर्ने कार्यक्रम रहेको सिड्नीमा भेटिएकी मरिष्काले जानकारी दिइन् ।

यस्तै, मरिष्काको बजार र क्रेजलाई बुझेर नै आफ्नो संस्थाले उनलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी सुनिल उप्रेती दिएका छन् । ट्राभल बाहेक एजुकेसन एण्ड माइग्रेसन कर्नर, थेरापी प्वाइन्ट र नेशन वाईड रियल स्टेट सञ्चालन गर्दै आएका उप्रेतीले आगामी दिनमा नेपाली सिने क्षेत्रसँग आबद्ध कामहरू गर्दै जाने कुरा बताए । मार्च ७ तारेखका दिन हजारौँ नेपालीबीच आयोजना हुने रगडेल होली मेला कार्यक्रममा मरिष्कालाई ब्राण्ड ऐम्बेष्डर घोषणा गर्न लागिएको छ ।