सुन तोलाको ७८,१००

सुन तोलाको ७८,१००


नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबारका नेपाली बजारमा छापावाल सुनको मूल्य मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । फागुन ६ गते मंगलबारदेखि सुनको मूल्य हरेक दिन वृद्धि हुँदै आइरहेको छ ।

मूल्य बढेसँगै सुनको कारोबार आधाभन्दा बढीले घटेको सुन व्यवसायी बताउँछन् ।