सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई, नेम्वाङलाई शहरी विकासको कार्यभार

सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई, नेम्वाङलाई शहरी विकासको कार्यभार


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि रिक्त हुन आएको मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई सम्हाल्ने गरी तोक्नुभएको हो ।

यस्तै बाँस्कोटाले सम्हाल्दै आएका शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।