थाइल्यान्ड अन्तर्राष्ट्रिय ओपन बक्सिङमा पुनमको छनोट

थाइल्यान्ड अन्तर्राष्ट्रिय ओपन बक्सिङमा पुनमको छनोट


नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे । अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए । छनोट प्रतियोगिता आज (९ फागुन) सम्पन्न हुने छ ।