महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका अहम् रहने र लोकतन्त्र रहे मात्र विकास हुने जिकिर गरे ।

नेपाली कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार केन्द्रीय सदस्य डा. कोइरालाले गुट–उपगुटको कारण पार्टी कमजोर बन्न नहुनेमा जोड दिँदै सरकारले दम्भको राजनीति गरेमा लोकतन्त्र सङ्कटमामा पर्न सक्ने तर्क गरेका थिए ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुऱ्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बर्ता भने कांग्रस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुऱ्याउने विश्वास व्यक्त गरे ।