एक लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

एक लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ


जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट एक लाख घुससहित पक्राउ परेका छन् । भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।

भट्टलाई चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा बुधबार बिहान नौ बजे पक्राउ गरिएको हो । पक्राउ परेका भट्टलाई आज महेन्द्रनगरमै राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइने तयारी भइरहेको छ ।

भट्टले उक्त उपभोक्ता समितिसँग दुई लाख रुपैयाँ मागेको र अहिले एक लाख लिएको बताइएको छ ।