‘चपली हाइट-३’को अष्ट्रेलिया-अधिकार बाबालाई

‘चपली हाइट-३’को अष्ट्रेलिया-अधिकार बाबालाई


■ राजन घिमिरे, सिड्नी

शैक्षिक क्षेत्रमा मात्र नभई अन्य क्षेत्र या विधामा समेत साथ–समर्थन वा उत्थानको निम्ति बाबा ऐजुकेसन कन्सल्टेन्सी लामो समयदेखि लागिपरेको छ । अष्ट्रेलियामा नेपाली सिनेमा र सांस्कृतिक कार्यक्रमहरूको बजार बिस्तार गर्न अग्रसरता देखाइरहेको यो कन्सल्टेन्सीले आफ्ना यिनै विशेषतालाई निरन्तरता दिँदै यतिबेला बजार तताउन सफल चलचित्र ‘चपली हाइट–३’को अष्ट्रेलियाको प्रदर्शन अधिकार किनेको छ ।

‘यो चलचित्र पछिल्लो पटक युवा पुस्तामाझ लोकप्रिय छ । हामीले पनि हाम्रा विद्यार्थीहरूको सरसल्लाह र सुझावलाई ध्यानमा राखेर यो चलचित्र किनेका हौँ’– बाबा ऐजुकेसनका रविन्द्रकुमार शर्माले जानकारी दिए ।

यो चलचित्र नेपालमा चैत २८ गतेदेखि प्रदर्शन हुनेछ भने अष्ट्रेलियाका विभिन्न शहरमा पनि त्यसअनुसार नै प्रदर्शन गरिने कार्यक्रम रहेको बताइएको छ ।

चलचित्र ‘चपली हाइट–३’ बाबा ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलियाको प्रदर्शन अधिकार २५ हजार अष्ट्रेलियन डलरमा किनेको हो । सोमबार (५ फागुन) सिड्नीमा रहेको बाबा ऐजुकेसनको कार्यालयमा बाबाका रविन्द्रकुमार शर्मा र चलचित्रका निर्माता अर्जुनकुमारबीच सम्झौता सम्पन्न भयो ।

निकेश खड्काद्वारा निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।