पाकिस्तानमा विस्फोट, सातको मृत्यु २० घाइते

पाकिस्तानमा विस्फोट, सातको मृत्यु २० घाइते


पाकिस्तानको बलूचिस्तानमा सोमबार (१७ फेब्रुअरी) विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । बलूचिस्तान सरकारका प्रवक्ता लियाकत शाहवानीले घटनाबारे पुष्टि गर्दै सोमबारको आक्रमणमा सातको मृत्यु भएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् ।

राज्यको शहरा–ए–अदालतस्थित क्वेटा प्रेस क्लबनजिकै प्रदर्शन भइरहेको बेला विस्फोट भएको थियो । विस्फोटका कारण नजिकमा रहेको केही सवारी साधनहरूमा पनि क्षति भएको एएनआईले जनाएको छ ।

घटनापछि सुरक्षाकर्मीहरूले उक्त इलाकालाई घेरा हाली आक्रमणकारीको खोजी गरिरहेका छन् । सम्बद्ध अधिकारीहरूले विस्फोटको प्रकृतिको बारेमा अहिलेसम्म कुनै जानकारी हुन नसकेको बताएका छन् ।