किशोरीमाथि सामुहिक बलात्कार

भैरहवा । रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।



बलात्कारमा संलग्न भएको अभियोगमा तीनै जनालाई नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुऱ्याई तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया