महरालाई प्रचण्ड र माधवको बधाई

महरालाई प्रचण्ड र माधवको बधाई


नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वसभामुख कृष्णबहादुर महरालाई बधाई दिएका छन् । जबर्जस्ती करणी अभियोगमा डिल्लीबजार कारागारमा जेल जीवन बिताउँदै आएका पूर्वसभामुख महराले अदालतबाट सफाइ पाएपछि प्रचण्ड र नेपालले उनलाई फोन गरेर बधाई दिएका हुन् ।

महरालाई कारागारभित्र बिदाइ कार्यक्रम चलिरहेको बेला प्रचण्डले अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहाइ भएकोमा बधाई दिएका थिए । प्रचण्डपछि वरिष्ठ नेता नेपालले पनि महरालाई बधाई दिए । पूर्वसभामुख महराले उनीहरूको बधाई ग्रहण गर्दै धन्यवाद व्यक्त गरेका थिए ।