राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट


नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आइतबार (४ फागुन) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार काठमाडौं आइपुग्नुभएका सेनाध्यक्ष स्मिथले आइतबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने उहाँको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।