होटेलमा आगलागी हुँदा पाँच लाखको क्षति

कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ । खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो ।



आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताए । आगो लागेको पाँच मिनेटमै स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् भने घरमा सामान्य क्षति भएको कनकासुन्दरी गाउँपालिका–६ का अध्यक्ष जग्गीप्रसाद आचार्यले बताए । आगजनीबाट पाँच लाखको भौतिक क्षति भएको सहकारी संस्थाका सदस्य राजेन्द्र रोकायले बताए ।
rss

प्रतिक्रिया