ललितपुरका पूर्वमेयर बेखारत्नको निधन

ललितपुरका पूर्वमेयर बेखारत्नको निधन


नेपाली कांग्रेसका नेता तथा तत्कालीन ललितपुर नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ । क्यान्सर रोगबाट पीडित शाक्यको आइतबार बिहान ८८ वर्षको उमेरमा निधन भएको हो ।

०४६ सालको राजनीतिक परिवर्तनका लागि भएको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका शाक्य ०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट पहिलोपटक मेयर भएका थिए ।

ललितपुर शहरलाई आधुनिकीकरण गर्ने अभियान शुरु गरेका शाक्यका दुई छोरी, एक छोरा र श्रीमती छन् । उनकोे बौद्ध धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ ।