खरिपाटीका स्थानीयका लागि हेल्थ डेस्कको माग

खरिपाटीका स्थानीयका लागि हेल्थ डेस्कको माग


चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले स्थानीयका लागि छुट्टै हेल्थ डेस्कको माग गरेका छन् । चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटी ल्याएपछि नगरप्रमुख मिश्रले सो माग गरेका हुन् ।

यसअघि स्थानीयले आफ्नो सुरक्षाका लागि क्वारेन्टाइन स्थल खरिपाटीमा बनाउन नहुने भन्दै विरोध गरेका थिए । तर, सरकारले स्थानीयको आवाज नसुनी खरिपाटीमा क्वारेन्टाइन बनाएपछि स्थानीयहरूको पनि स्वास्थ्य जाँच गर्नुपर्ने उनको माग छ ।

सरकारले आइतबार एक सय ७५ जना नेपालीलाई ल्याएर खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । उनीहरू अबको १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा त्यहीँ रहनेछन् ।