प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


प्रधानमन्त्री ओली आइतबार गृहजिल्ला झापा गएका छन् । उनी विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा पुगेका हुन् ।

प्रधामन्त्री ओलीले आज दमक–रवि–चिसापानी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, झापा–मोरङ जोड्ने मावा खोलाको पुलको उदघाटन, दमकको कृष्णमन्दिरबाट ढुकुरपानी जाने सडकको उदघाटन पनि प्रधानमन्त्री ओलीले आजै गर्नेछन् ।

त्यस्तै, गरिब आवास कार्यक्रमअन्तर्गत संघीय संसद विकास कार्यक्रम र दमक नगरपालिकको संयुक्त प्रयासमा बनेका २५ वटा घरको पनि प्रधानमन्त्री ओलीले उदघाटन गर्नेछन् ।

प्रधानमन्त्री ओली दशैँपछि करिब साढे चार महिनामा गृहजिल्ला झापा पुगेका हुन् । उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।