सावधान ! आफ्नै रानो सक्लान् अरिँगालले !

सावधान ! आफ्नै रानो सक्लान् अरिँगालले !


■ स्वयम्भुनाथ कार्की

इतिहासमा सर्वाधिक बलियो मानिएका सरकार प्रमुख खड्गप्रसाद ओली सबैभन्दा कमजोर देखिँदै छन् । महरापछिको सभामुख चयनमा उनको निरीहता छरपष्ट भएको छ । अवास्तविक र केवल कानुनी पार्टी एकतामा जो सूक्ष्म धर्का थियो त्यो यस प्रसङ्गले प्रस्ट खाडल भएको देखिएको छ । एकप्रकारले भन्ने हो भने ओलीले नेकपा एमाले माओवादी केन्द्रलाई बुझाए । प्रचण्डको ‘सियो भएर पस्ने र फाली भएर निस्कने’ क्षमता छ भन्ने कुरा भुलेको परिणाम हो कि अहिले ओली भिडभित्रको एक्लो मान्छेसरह भएका छन् । यो अहिलेको संविधानको स्वामित्व अस्वीकार गर्नेहरूलाई पनि दुखेको छ । किनभने ओली नेपालको प्रधानमन्त्री हुन्, सरकार प्रमुख हुन् । मन परे पनि नपरे पनि नेपालीको गौरव, मान–प्रतिष्ठा जोडिएको छ यो सरकारसँग ।

पछिल्लो चुनावमा जनताले एमालेलाई सरकार सुम्प्यो कि सुम्पेन त्यो थाँती राख्दा पनि प्रचण्डलाई भने सरकारबाट टाढा नै राखेको हो । ओलीको सर्वशक्तिमान बन्ने लालचले जनताले सरकारमा संलग्न गर्न अस्वीकार गरेकाको हातमा नेकपा (नेकपा)को बागडोर पुग्दै छ । कुनै बेला केवल आफ्नो नामले एमालेलाई वैतरणी पार गराएका ओली अब जनतामा अलोकप्रिय हुँदै छन् । आफ्नो लोकप्रियतालाई कायम राख्न उनले ‘अरिँगाल’ खटाएका छन् । ती ‘अरिँगाल’का शैली चिल्ने किसिमको छ रिझाउने किसिमको छैन । तीन वर्षमा प्रजातन्त्रलाई लिकमा ल्याएर दलहरूलाई सुम्पन्छु भन्ने राजा जनताबाट टाढिँदा न वैधानिक राजसंस्था नै रह्यो न प्रजातन्त्र नै । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भयो ।

आफ्नो त्यसबेलाको दम्भका कारणले नै हुनुपर्छ राजसंस्थाको पक्षमा जनउभार आएको बेला पनि राजाको हिम्मतले काम गरेको छैन । किनभने जब जनतालाई अविश्वास गरिन्छ, जनतासँग आफन्तको होइन पराईको व्यवहार गरिन्छ पतन त्यहीँबाट शुरु हुन्छ । यो परिणाम त्यत्रो इतिहास भएको राजसंस्थाले त भोग्नुप¥यो भने खड्गप्रसाद कुन ड्याङका मुला हुन् र ! न त्यसबेला राजालाई न यसबेला ओलीलाई जनताबाट वा बाहिरबाट खतरा थियो न अहिले प्राविधिक रूपले इतिहासमा सबैभन्दा शक्तिशाली मानिएका ओलीलाई छ । उतिखेर राजालाई खतरा आफ्नै टोलीबाट थियो भने अहिले ओलीलाई पनि खतरा आफ्नै दलबाट छ । सूचना, अभिव्यक्ति, सञ्चार नियन्त्रण गर्ने सल्लाह दिनेको कुरा मान्दा राजाको त्यो कदम अहिलेसम्म पनि आलोच्य छ । यही कुरा ओलीका सल्लाहकारहरूले गर्दै छन् । उनीहरू गोयवल्स शैलीमा ओली स्तुति गाउँदै छन् ।

गच्छदारको निमित्त सडक आन्दोलन आवश्यक थियो न संसद् अवरुद्ध नै । उसै पनि यिनै गच्छदारलाई फणीन्द्र तिमिल्सिनाको हत्या अभियोगबाट बेदाग बचाएको अनुभव छ विपक्षीसँग । भन्न खोजेको के हो भने ओलीको सरकारलाई बाहिरबाट कुनै किसिमको खतरा छैन । तैपनि यो सरकार उच्च खतरामा छ । अर्थात् खतरा भित्रबाटै छ, अरिँगालले आफ्नै रानो सक्ने खतरा छ ।

जसरी त्यसबेला सरकारका प्रवक्ता जनअप्रिय भएका थिए त्यसै गरेर अहिलेका सरकारका प्रवक्ताको कुरा देख्ने–सुन्नेबित्तिकै जनता मुख बिगार्न थालेका छन् । गृहमन्त्री अप्रिय भएका थिए त्यो दोष राजाले बोक्नुपरेको थियो । डा. तुलसी गिरी अपाच्य नाम भएको थियो त्यसको दोष पनि बोक्नुपऱ्यो । अहिले ओलीका वरिपरि यस्ता अप्रियहरूको भिड लागेको छ । सल्लाहकारका रूपमा रहेकाहरूले आफ्नो मर्यादाक्रम नाघेर गरेको मनोमानीले सामाजिक सञ्जाल भरिएको छ । तर, उनीहरू सुध्रने होइन बरु सामाजिक सञ्जाल नै नियन्त्रण गर्ने कानुन बनाउन लागिपरेका छन् ।

यो परिस्थितिमा जनताले कुनै प्रतिक्रिया दिएको छैन । विपक्षी दल बोल्न सकेको छैन । बोलेको छ त केवल आफूले ‘भाग’ नपाएकोमा वा आफ्नाउपर कारबाही भएकोमा । किनभने विपक्षी स्वयम्लाई न्याय प्रणालीमाथि भरोसा छैन । सबै दलहरू मिलेर गरेको भागबन्डाले न्यायालय कार्यकर्ता भर्ती केन्द्र भएको छ । अधिराजकुमारीको दाइजो खोस्न सक्ने न्यायालयले सरकारले दायर गरेको मुद्दामा आफ्नो कुरा नसुन्ला भन्ने शङ्का व्याप्त छ । त्यसैले आफ्नालाई बचाउन अरू धेरैलाई लपेटेको मुद्दामा न्याय हुने आस नराखेको हुन सक्छ । यो न्यायपालिकाको अपमान हो ।

नत्र गच्छदारको निमित्त सडक आन्दोलन आवश्यक थियो न संसद् अवरुद्ध नै । उसै पनि यिनै गच्छदारलाई फणीन्द्र तिमिल्सिनाको हत्या अभियोगबाट बेदाग बचाएको अनुभव छ विपक्षीसँग । भन्न खोजेको के हो भने ओलीको सरकारलाई बाहिरबाट कुनै किसिमको खतरा छैन । तैपनि यो सरकार उच्च खतरामा छ । अर्थात् खतरा भित्रबाटै छ, अरिँगालले आफ्नै रानो सक्ने खतरा छ । ५६ कोटि यदुवंशी नास गरेको मुसल युद्धको आरम्भ देखिन थालिसकियो । इटहरीको चौधरी चौलागाईं प्रकरण यही मुसल युद्धको डङ्का हो । त्यसैले ओलीजी अरिँगाल परिचालन बाहिर होइन भित्रै गरेको वेश ।