प्रेमका बारेमा

प्रेमका बारेमा


■ दिवाकर बागचन्द, न्यूयोर्क

मैले पढेको पहिलो प्रेमकथा थियो चेखवको प्रेमका बारेमा । यो कथा वियोगान्त थियो । उसो त हरेक महान् प्रेमकथा वियोगान्त नै हुन्छन् । चेखवले कथामा भनेका छन्– प्रेम गर्नेहरूले प्रेमको उच्चतम् बिन्दु के हो भनेर तर्क गर्नुपर्छ या तर्क नै गर्नु हुँदैन । मलाई प्रेममा तर्क नै गर्नु हुँदैन भन्ने कथन बढी कन्भिन्सिङ लाग्छ ।

मेरो पत्रकारिताका प्राराम्भिक दिनमा मैले किताबभन्दा मान्छेलाई पढेँ । मान्छेलाई पढ्नु किताब पढ्नु जस्तो सरल हुँदैन । मान्छेलाई पढ्दा जीवनलाई बुझ्न सकिन्छ । जीवनको बहुआयामिक पाटा बुझ्न सकिन्छ । जीवनको सौन्दर्य र विरोधाभास बुझ्न सकिन्छ । मान्छेलाई पढ्ने अनौठो सौखले गर्दा मैले धेरैलाई पढेँ र धेरै सिखेँ ।

केही समय पहिले मैले अमेरिका आएकी मेरी बहिनी बेलालाई आफूलाई भेट्न बोलाएँ । मैले उनलाई बोलाउनुको कारण थियो– बहिनीले हालै विवाह गरेकी थिइन् । उनको विवाह प्रेमविवाह थियो । प्रेमविवाह त सबैले गर्छन् । उनको विवाहको विशेषता जान्न म उत्सुक थिएँ । मेरो आग्रह स्वीकार गर्दै बहिनी बेला मलाई भेट्न आइपुगिन् । न्यूयोर्कको ज्याक्सन हाइटको एउटा रेस्टुरेन्टमा हामी कफी पिउन बस्यौँ । बहिनी बेलालाई विवाहको बधाइ दिँदै सिधै प्रश्न गरेँ– ‘बहिनी, दलितसँग विवाह कसरी हुन पुग्यो ?’

बहिनी केही बेर मौन रहिन् । उनले भनिन्– ‘दाइ, हो.. म ब्राह्मण परिवारमा जन्मेकी हुँ । तर मैले विवाह एक दलितसँग गरेँ । हामी एकअर्कालाई प्रेम गर्थ्यौँ । उनको जातसँग मलाई कुनै सरोकार थिएन । उनले विवाह प्रस्ताव गरे, मैले सहर्ष स्वीकार गरेँ । हाम्रो निर्णयमा मेरो परिवारको पनि सहमति रह्यो । उनको बोलीमा कन्फिडेन्स थियो । मैले भने तिमीजस्तै सबै भाग्यमानी हुँदैनन् । अन्तर्जातीय विवाह गरेका कयौँ जोडी घरबारविहीन मात्र होइन ज्यानसमेत गुमाउन पुगेका घटना यत्रतत्र पाइन्छन् । बेलाले सहमति जनाउँदै भनिन्– ‘दाइ अन्तर्जातीय विवाह सरल यात्रा होइन । मलाई राम्ररी ज्ञात छ । तर, यो समाज रुपान्तरणको प्रभावकारी उपाय हो । अन्तर्जातीय विवाह भनेको रक्त-मिश्रण हो । रक्त-मिश्रणद्वारा नै जातिवादको पर्खाल ढाल्न सकिन्छ ।’

बेलाले सहमति जनाउँदै भनिन्– ‘दाइ अन्तर्जातीय विवाह सरल यात्रा होइन । मलाई राम्ररी ज्ञात छ । तर, यो समाज रुपान्तरणको प्रभावकारी उपाय हो । अन्तर्जातीय विवाह भनेको रक्त-मिश्रण हो । रक्त-मिश्रणद्वारा नै जातिवादको पर्खाल ढाल्न सकिन्छ ।’

बहिनीले एउटा गहकिलो शब्दावली प्रयोग गरिन्– ‘रक्त-मिश्रण’ ! कतिपय अन्तर्जातीय विवाह भन्ने शब्द सुन्न चाहँदैनन्, रक्त-मिश्रण टाढाको कुरो हो । भर्खरकी बहिनीबाट रक्तमिश्रणको कुरा सुन्दा म प्रभावित नभैरहन सकिनँ । बहिनी बेला भन्दै गइन्, ‘दाइ हामीले एकअर्कालाई मानवकै रूपमा मात्र हेऱ्यौँ । कुनै तर्कवितर्क गरेनौँ ।’

म बहिनीलाई अलपक हेरिरहेँ ।

अनयासै मेरो हात फोनमा पुग्यो । मैले नेपालमा रहेका बहिनीका बुबा डाक्टर नवराज लम्साललाई फोन लगाएाँ । मैले अभिवादन गरेँ । उहाँले न्यानोपनसहित अभिवादन फर्काउनुभयो । बेला र म कफी पिरहेको कुरा उहाँलाई बताएँ । डाक्टर’साब, बहिनीको अन्तर्जातीय विवाहको कुरा सुनेपछि फोन नगरिरहन सकिनँ । मेरो कुरा सकिन नपाउँदै डाक्टर साबले भन्नुभो– ‘छोरीले मन पराएपछि हामीले नाइँ भन्ने सवाल उठेन । बरु मलाई गर्व छ । मेरो छोरी त ‘सोसल इन्जिनियर’ भएकी छिन् । उनको कदमले दुई जोडी मात्र होइन दुई परिवारलाई सँगै ल्याएको छ । यसरी भिन्दै पृष्ठभूमिका परिवार एक हुने हो भने समाज बदलिन समय लाग्दैन । प्रमुख कुरा त के भने जातीय विभेद दलितको मात्र समस्या होइन । यो सबै नेपालीको समस्या हो । जबसम्म कथित उपल्लो जाति यसको अन्तको लागि अगाडि आउँदैनन् तबसम्म साँचो परिवर्तन सम्भव छैन । मेरी छोरी त प्रतिनिधि पात्र मात्र हुन्, देशलाई थुप्रै ‘बेला’हरूको खाँचो छ । प्रेमले हेर्ने आँखाहरूको खाँचो छ । त्यस्तोे आँखा जसले जात देख्दैन ।’

डाक्टर सा’बको कुरा सुनेपछि उहाँप्रति असीम श्रद्धा जागेर आयो । ‘साधुवाद डाक्टर साहब’ भन्दै फोन राखेँ ।

बहिनी बेला र उनका बुबाको सोच मानसिकता मैले पढिसकेको थिए । बहिनीलाई धेरै प्रश्न गर्न मनासिव सम्झिनँ र सोधेँ– ‘बहिनी प्रेम के हो ?’ बेलाले मलाई प्रतिप्रश्न गर्दै भनिन्– ‘दाइ प्रेमको परिभाषा कसैले दिन सकेको छ र ? प्रेमलाई डिफाइन गर्न सकिन्छ र ? प्रेम त अनुभुति हो । प्रेममा बाँच्नुपर्छ ।’ कफी सिद्धिसकेको थियो । बहिनीको सहासिक कदमलाई सलाम गर्दै सदैव खुशी रहनु भनेर छुट्टिएँ ।

बहिनी नेपाल फर्किसकेकी छिन् । तर फेरि आज प्रेम दिवसका दिन बहिनीले प्रेमका कथाहरू वियोगान्त नै हुन्छन् ।

बहिनी नेपाल फर्किसकेकी छिन् । तर फेरि आज प्रेम दिवसका दिन बहिनीले प्रेमका बारेमा ब्यक्त गरेको विचार याद आइरहेछ– ‘प्रेमलाई अनुभूत गर्नुपर्छ । प्रेममा बाँच्नुपर्छ ।’

सबैको जीवन प्रेममय होस्, मेरो शुभकामना !