प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित, भोलि हुने

प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित, भोलि हुने


प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन नगर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा गर्ने भनिएको आजको सम्बोधन कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको आज बिहान निधन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई शोकको यस घडीमा सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएपछि प्रधानमन्त्री ओलीको आजको सम्बोधन स्थगित गरिएको हो ।

आज स्थगित गरिएको प्रधानमन्त्रीको सम्बोधन शनिबार बिहान ११ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गरेको दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिने उद्देश्यले आज दुई बजे सम्बोधनको कार्यक्रम तय गरिएको थियो ।