इबीए कप बास्केटबलमा ४८ टीम

इबीए कप बास्केटबलमा ४८ टीम


इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइजमा ३२ र सिनियर गर्ल्समा १६ गरी ४८ टिमको सहभागिता रहने इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गर्ल्सको खेल थ्री बाइ थ्री ‘फर्मेट’ मा हुने छ ।

जुनियर ब्वाइजमा एन्जल्स हार्ट तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । साताव्यापी प्रतियोगिताका खेलहरु धापासीस्थित आयकेजकको आफ्नै कोर्टमा हुने छ ।