हिमपहिरोमा परी अफगानिस्तानमा सातको मृत्यु

हिमपहिरोमा परी अफगानिस्तानमा सातको मृत्यु


अफगानिस्तानको दायकुन्डी प्रान्तकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चारसहितको मृत्यु भएको छ ।

हिमपहिरोमा परी घाइते भएका अन्य एकजनाको भने उद्धार गरिएको छ । सोही पहिरोमा परी अन्य दुईजना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।

दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधबार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएका हुन् ।

स्थानीय गाउँलेले चारजनाको शव भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुईजना बेपत्ता रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने अर्को प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो संख्या सात पुगेको छ ।
रासस–सिन्ह्वा