एमसीसी सम्झौता नेपालका लागि खतरा : बिजुक्छे

एमसीसी सम्झौता नेपालका लागि खतरा : बिजुक्छे


नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमसिसी सम्झौता नेपालको लागि खतराको विषय भएको दाबी गर्दै आफे पार्टीले एमसिसीको खुलेर विरोध गर्दै आएको प्रष्टिकरण दिएका छन् । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार (२९ माघ) सम्बोधन गर्दै उनले एमसीसीको नामबाट नेपाललाई गरिन लागेको भनिएको सहयोग खतर्नाक मिसनअन्तर्गतको एक पाटो भएको आरोप लगाए ।

छिमेकी चीनसँग विशेष निकट सम्बन्ध राख्दै आएका नेमकिपा अध्यक्ष विजुक्छेले एमसीसी सहयोग चीनप्रति लक्षित रहेको दाबी गर्दै आएका छन् ।

मन्तव्यकै क्रममा उनले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उनले जोड दिए ।