एलजीको ५५ र ६५ इन्चका युएचडी टिभीको बढ्दो माग

एलजीको ५५ र ६५ इन्चका युएचडी टिभीको बढ्दो माग


एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी. इलेक्ट्रोनिक्सले एलजीको ५५ र ६५ इन्चको युएचडी टि.भी. को मागमा अत्याधिक वृद्धि भएको जनाएको छ । साथै, ४९ र ४३ इन्चको युएचडी टिभीहरूको माग पनि अत्याधिक रहेको कम्पनीको दाबी छ ।

एलजीको युएचडी टिभीमा यस्ता विशेषताहरू रहेका छन्, जसका कारण यी टिभी–ग्राहकको पहिलो रोजाईमा पर्दै आएको छ । ती विशेषताहरूमा 4K पिक्चर डिस्प्ले : फुल एचडीभन्दा चार गुणा स्तरीय पिक्चर, म्याजिक मोसन रिमोट कन्ट्रोल, एलजी थिन्क्यु एआई : आवाजले नियान्त्रण गर्न सकिने रहेका छन् । यसैगरी, गुगल असिस्टेन्ट, एलेक्सा विल्ट इन र एप्पल एयरप्ल्ये : आईफोनबाट सिधै स्क्रीन शेयर गर्न मिल्ने विशेषता समेत एलजीका थप विशेषता हुन् ।

एलजीका सबै साइजका टिभी सुलभ मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।