नारिता उडान फागुन १९ देखि, ट्रान्जिटको झन्झट समाप्त हुने

नारिता उडान फागुन १९ देखि, ट्रान्जिटको झन्झट समाप्त हुने


नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको तीन दिन सिधा उडान प्रारम्भ गर्ने भएको छ । एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुने निगमले जनाएको छ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

बताइएअनुसार हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का दुईवटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का दुई वटा व्यागेजको सुविधा पाउने छन् । नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुनेछ ।