८ कार्तिक २०७७, शनिबार

अष्ट्रेलियामा नेपाली अध्ययनरत कलेजको नवीकरण फेल, विद्यार्थी मारमा

  प्रकाशित मिति
२६ माघ २०७६, आईतवार ०३:१२


■ राजन घिमिरे, सिड्नी

अष्ट्रेलियाको सिड्नीमा नवीकरणको समस्याका कारण कलेज बन्द हुने क्रम रोकिएको छैन । यो साता पनि कलेज बन्द हुने समस्याले निरन्तरता पाएको छ ।

सिड्नीमा ब्याचलर डिग्री अध्ययन गराउँंदै आएको एलाइट एजुकेशन इन्स्टिच्यूटको सरकारले नवीकरण नगरिदिएपछि कलेज बन्द हुने अवस्थामा पुगेको हो ।

करिव पाँच सय विद्यार्थी पढाउन अनुमति पाएको यस कलेजमा मेनेज्मेन्ट, एकाउन्टिङ, पब्लिक रिलेशन र कम्युनिकेशन विषयमा अध्ययन–अध्यापन गराइँदै आएको थियो । कलेजमा नेपाली र भारतीयलगायतका विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए ।

एलाइट कलेजमा नेपाली विद्यार्थीहरू पनि अध्ययनरत रहेका जानकारी दिँदै बाबा एजुकेशन कन्सल्टेन्सीका रविन्द्रकुमार शर्माले भने– ‘हामीकहाँबाट गएका विद्यार्थीहरू त पासआउट त भइसके, अहिले कति नेपाली छात्रछात्रा त्यहाँ अध्ययन गरिरहेका छन् भन्ने हामी बुझ्दैछौँ ।’

‘एलाइट’लाई गत वर्ष नै अष्ट्रेलियन सरकारको ‘टेस्क्वा’ले केही शर्त राखेर निगरानी गरेको बुझिएको छ । त्यतिबेला नै सचेत गराउँदा कलेजले सरकारको प्रावधान एवम् निर्देशनलाई हेलचक्र्याइँ गरेकोले यो अवस्था निम्तिएको बाबा ऐजुकेशनका शर्माले बताए ।

अष्ट्रेलियन ऐजुकेसन कन्सल्टेन्सी एलायन्स (एक्का)का अध्यक्ष पीआर अधिकारीले कलेज बन्द भएबाट विद्यार्थीलाई पर्नसक्ने समस्याबारे बुझेर अगाडि बढिने बताए भने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरूङले उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीहरूको समस्या समाधानका लागि एनआरएनए अष्ट्रेलियाको तर्फबाट हुने सहयोग र साथ हरदम रहने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सागर सुवेदी, अष्ट्रिया गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१०

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने

तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई