सुनको मूल्य चार सयले वृद्धि

सुनको मूल्य चार सयले वृद्धि


दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु. १० ले बढेर रु ८८५ पुगेको छ ।
rss