बन्दीपुर ‘फुड फेस्ट’ सम्पन्न

बन्दीपुर ‘फुड फेस्ट’ सम्पन्न


रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको ‘रेबान-बन्दीपुर फेस्ट २०२०’ सम्पन्न भएको छ । आरएनआर मिडियाको सहकार्यमा रेबानले पर्यटकीयस्थल बन्दीपुरमा माघ १७ र १८ गते महोत्सव आयोजना गरेको थियो ।

रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेबानले पनि रेस्ट्रेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरेको बताइएको छ । पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सद्भाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहित खाना महोत्सव सम्पन्न भएको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको थियो ।