एनसेलको ‘भ्यालेन्टाइन अफर’ आरम्भ

एनसेलको ‘भ्यालेन्टाइन अफर’ आरम्भ


एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्ने सो कम्पनीले जनाएको छ ।

नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको जानकारी दिएको हो । यस अफरमा ग्राहकले रु १०० (करसहित रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको सेवा प्राप्त गर्ने छन् ।

भ्यालेन्टाइन अफर माघ २४ देखि लागु हुने र ३ महिनासम्म संचालनमा रहने बताइएको छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याइएको यो अफरअन्तर्गत ग्राहकले करसहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्ने एनसेलको दाबी छ ।

बताइएअनुसार यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिनम्म समयावधि रहनेछ । ग्राहकले ‘एस्ट्रिक्स१७११८स्ट्रिक्स२एस्ट्रिक्स३ह्यास’ डायल गरी प्राप्त जानकारीअनुसार प्याक सुचारु गर्न सक्छन् ।