बुधबार सुन प्रतितोला आठ सयले घट्यो

बुधबार सुन प्रतितोला आठ सयले घट्यो


स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार नौ सय रुपैयाँमा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रुपैयाँले घटेर ७६ हजार र तेजाबी सुनको मूल्य ७५ हजार सात सय पुगेको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । बुधबार महासंघले चाँदीको मूल्य प्रतितोला ८७५ रुपैयाँ तोकेको छ ।