१२ अंकले करेक्सन भएको नेप्सेमा डेढ अर्बमाथिको कारोबार

१२ अंकले करेक्सन भएको नेप्सेमा डेढ अर्बमाथिको कारोबार


लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ बिन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्बमाथि रहेको छ । कुल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने आठ समूहको सेयर ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बिमा २८.७९ र अन्य ०.९ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटेल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बिमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु. १० करोड ७० लाख ६३ हजार ५३० बराबरको कारोबार भयो । नेको इन्सुरेन्स रु. छ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु. चार करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु. तीन करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु. तीन करोड ७५ लाख ६२ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेसनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका सेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटेलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।