लोकगायक पँगेनीलाई पितृशोक

लोकगायक पँगेनीलाई पितृशोक


लोकगायक बद्री पँगेनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो ।

काठमाडौंको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए । उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ ।

उनका दुई छोरा र एक छोरी छन् । स्व. बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पँगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।