विराटनगरमा एलजी ब्राण्डको प्रिमियम ब्राण्ड शप

विराटनगरमा एलजी ब्राण्डको प्रिमियम ब्राण्ड शप


सिजी इलेक्ट्रोनिक्सको १८औँ शोरुम तथा एलजीको आठौँ नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा सञ्चालनमा आएको छ ।

चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन गरिएको हो ।

उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने नेपालको आठौँ रहेको बताइएको छ । शोरुममा विभिन्न एलजी ब्राण्डका घरायसी सामाग्रीहरू उपलब्ध छन् ।

यस शोरुममा ग्राहकहरूका लागि केही सयमका लागि विभिन्न छुटको ब्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

बताइएअनुसार नयाँ शोरुम सञ्चालन गरिएको अवसरमा यही माघ १३ देखि २० गतेसम्म एलजीका ग्राहकको लागि २४ प्रतिशत छुट, इएमआईमा शुन्य प्रतिशत ब्याज सुविधा, फ्रि गिफ्ट, एलईडी टिभीको एक्सचेन्ज अफर र निःशुल्क एसी जडान जस्ता सुविधा कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।