नेविसंघका दुई पक्षबीच झडप

नेविसंघका दुई पक्षबीच झडप


नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका संस्थापन पक्ष र संस्थापनइतर पक्षका नेताहरूबीच झडप भएको छ ।

विधानविपरीत पार्टीको संस्थापन पक्षले भ्रातृ संस्था नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका संस्थापनइतर पक्षका विद्यार्थी नेतामाथि संस्थापन पक्षका विद्यार्थी नेताले आक्रमण गरेका हुन् ।

नेविसंघको विधानमा ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी मात्र केन्द्रीय पदाधिकारी हुने प्रावधान भए पनि नेतृत्वले यसविपरीत ५० वर्षका राजीव ढुंगानालाई संघको नेतृत्व दिन लागेको भन्दै असन्तुष्ट विद्यार्थीले संघका पूर्वमहासचिव कुन्दन काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरिरहेको समयमा संस्थापन पक्षले आक्रमण गरेको हो ।

आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले लामो समयदेखि विवादमा रहेको नेविसंघको टुंगो लगाउने कार्यक्रम रहेको छ ।