२३ लाख नगदसहित १६ जुवाडे पक्राउ

२३ लाख नगदसहित १६ जुवाडे पक्राउ


प्रहरीले गएराति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं. ३ रोस हाउस रेस्टुरेन्टपछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु. २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा रवीन्द्र शाही, धीरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मंगल ठगुन्ना रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।