आज गोंगबु क्षेत्रमा ९ घण्टा बत्ती जाने

आज गोंगबु क्षेत्रमा ९ घण्टा बत्ती जाने


सोमबार काठमाडौंको गोंगबुआसपासका क्षेत्रमा नौ घन्टा विद्युत काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

चक्रपथ विस्तारका लागि सो आसपासमा रूख काट्ने काम भइरहेकाले सोमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको हो ।

आज विद्युत काटिएका क्षेत्रमा बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।