हाँसौँ आँखा खुम्चने गरी -नवीन उप्रेती

हाँसौँ आँखा खुम्चने गरी -नवीन उप्रेती


तपाईं कुनै पीडामा हुनुहुन्छ र त्यसबाट तत्काल मुक्ति चाहिरहनुभएको छ भने एउटा प्रभावकारी उपाय अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेका छन् । साथीहरूसँग बसेर ठहाका लगाएर हाँस्ने हो भने दर्दबाट छुटकारा पाइने अक्सफोर्ड विश्वविद्यालयको अगुवाइमा हालै गरिएको एक अनुसन्धानले देखाएको छ । दिमागमा पैदा हुने इन्डोरफिन्स नामक रहस्यमयी रसायन जोडले हाँसेको बेला भित्रभित्रै श्राव हुन पुग्दछ र त्यसले पीडामा नियन्त्रण गरी सञ्चो भएको अनुभूति गराउँछ ।
अक्सफोर्डले जारी गरेको विज्ञप्तिमा केवल १५ मिनेट कमेडी गर्दै जोडले हाँसेमा दर्द सहने क्षमता १० प्रतिशत बढ्न पुग्छ । विज्ञप्तिमा यो पनि स्पष्ट पारिएको छ कि हाँसोका प्रकार अनेक हुन्छन्, जस्तो कि मन्द मुस्कान, ठिक्कको हाँसो र निष्पिmक्रीको हाँसो आदि । तर, पीडाबाट मुक्तिका लागि भने आँखा खुम्चने गरी हाँस्नु जरुरी छ, जो मन्द या शालीन प्रकारको मुस्कानबाट सम्भव हुँदैन ।

पाइलटहरूले संयम गुमाएपछि
हङकङको एक चल्तीको एयरलाइन कम्पनी क्याथी प्यासिफिकले आफ्ना दुई पाइलटलाई जागिरबाट निष्कासन गरके छ । यो कुनै ठूलो घटना त होइन, तर जुन कारण दर्शाएर क्याथीले कर्मचारीलाई कामबाट निकालेको छ त्यो केही रोचक भने अवश्य छ । भएछ के भने सो एयरलाइन्सका ती दुई विपरीतलिङ्गी कर्मचारीबीच अन्तरङ्गी सम्बन्ध रहेछ । ती दुईबीच मुखमैथुन चलिरहेको क्षणको एउटा तस्बिर एक चिनियाँ अखबारमा हालै प्रकाशित भएपछि एयरलाइन व्यवस्थापनको ध्यान खिचिएछ । यस तस्बिर प्रकरणले यात्रुहरूलाई निकै मानसिक कष्ट पुर्‍याएको हुनुपर्छ भन्ने ठहर गर्दै अन्ततः दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय सो एयरलाइन्सले लिन पुग्यो ।

चीन बन्दै छ मोटोपनको सिकार
विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको देश चीनका नागरिक तीव्र रूपमा मोटोपनको सिकार बनिरहेका छन् । विश्वमा हुनेखाने या धनवान व्यक्तिहरू अनेक प्रयत्न गरेर आफूलाई पातला र सुन्दर देखाउन उद्यत् रहेको यसबखत चीनमा भने धनवान व्यक्तिको पहिचान नै मोटोपन बन्न थालेको छ । त्यसो त दुनियाँ नै आज मोटोपनका कारण पीडित छ, तर तुलनात्मक रूपमा चीनमा यसले महामारीकै रूप लिन थालेको छ । अमेरिकामा पनि क्यान्सरको मुख्य कारण सुर्तीजन्य तमाखुको अत्यधिक प्रयोगलाई मानिएकोमा यतिबेला भने त्यसको स्थान मोटोपनले लिएको छ तापनि मोटोपनसँग जुझने सचेतना त्यहाँ निकै वृद्धि भएको छ । ठीक उल्टो चीनमा भने विगत १० वर्षको अवधिमा १५८ प्रतिशतले मोटा व्यक्तिको सङ्ख्यामा बढोत्तरी भएको र लगातार यसको सङ्ख्या बढिरहेको अनुसन्धानले देखाएको छ ।

फेलापर्‍यो सबभन्दा पुरानो जीवाश्म
तीन अर्ब वर्ष पहिले यो पृथ्वी अत्यन्त गरम थियो र अक्सर यहाँ ज्वालामुखी फुटिरहन्थ्यो । त्यतिबेला आकाश बादलले घेरिरहेको हुन्थ्यो । तर, त्यस समयमा पृथ्वीमा जीवाश्मको अस्तित्व भने रहेको एक खोजले प्रमाणित गरेको छ । युनिभर्सिटी अफ वेर्स्र्टन अ:6|]लियाको एक अनुसन्धान दलले यो खोज गरेको हो । अक्सफोर्ड विश्वविद्यालयका प्रो. मार्टिन बे्रसरसमेत संलग्न रहेको सो शोधले पुष्टि गरेअनुसार तीन अर्ब वर्ष पहिले पनि जीवन थियो र त्यतिबेलाका जीवाणु बिनाअक्सिजन जीवित रहन्थे । पश्चिमी अस्ट्रेलियाको स्टि्रले पुल नामक क्षेत्रमा पृथ्वीकै सबभन्दा पुराना त्यस्ता जीवाश्म फेलापरेको हो ।

अभिनेत्रीको स्वभाव नै बेग्लै
हँसिलो, फरासिलो, दयालु या मानवीय गुणले भरिएको व्यक्ति जसलाई पनि मनपर्छ । यसअनुसार अमानवीय, क्रूर र हेर्दै डरलाग्दो मानिससँग प्रायः जोसुकै पनि तर्कन खोज्छन् । यो सामान्य प्राकृतिक स्वभाव नै हो । तर, यस प्राकृतिक स्वभावविपरीत चर्चित अभिनेत्री क्रिस्टेन स्विवर्टलाई भने रगत पिउनेवाला मानिस अत्यन्त मनपर्छ । उनका अनुसार त्यस्ता व्यक्ति खतरनाक हुन्छन् र खतरनाकसँगको साथ-सङ्गत बेग्लै मज्जा प्रदान गर्ने किसिमको हुन्छ । ‘फिमेल फर्स्ट डट को डट’ र ‘ट्वाइलाइट सागा’जस्ता सिनेमाको कामबाट धुम मच्चाएकी स्टिवर्ट आफूलाई रगत चुस्ने मानिसको भूमिका मनपर्ने र त्यस्तो भूमिकामा आफू अब्बल प्रतिभा प्रदर्शन गर्न सक्ने खुलमखुल्ला बताउँछिन् । छैन त सोख गजवको -!