सहमतिको रटाइ -प्रकाश प्रधान

सहमतिको रटाइ -प्रकाश प्रधान


बालक बबुरा द्विजशुक नाम
छौ तिमी परेका सपनीको पिँजडामा
मास्तिर हेर आफ्नै आफ्ना जिस्क्याइरहेका
तलतिर हेर वर्गवैरी पासो थापिरहेका

अगुवाहरूको आपै+m आफ्नोसँग सहमति नभएको बेला
घनिष्ट सहयोगी सहयात्रीसँग सहमति नभएको बेला
राष्ट्रिय सहमति कसरी होला –

भाषणले मात्र !
आश्वासनले मात्र !
लोभ्याएर मात्र !
सहमति आउला –
त्यो पनि राष्ट्रिय !

अनन्तकालदेखि देशको व्यक्तिवादी परम्परा
सामन्तवादीको निरन्तर व्यक्तिवादी व्यवहार
यस्तै मनोभावको इतिहासमा जकडिएको व्यक्तिवादी संस्कृति
यति छिटो कसरी सहमतिको भाव जागृत हुने होला

सहभाव सहयोग सहसंस्कृति ल्याउन
सामन्ती पिँजडाभित्रबाट कसरी होला
सहमतिको नारा सफल हुन असम्भव जस्तै
समन्वयको नीति सफल हुन असम्भव जस्तै
सहयोग सहयात्रा त झनै-झनै असम्भव जस्तै

भत्काउन, बिगार्न, संहार गर्न मात्र सहमति
कसैको खोइरो खन्न गिराउन मात्र सहमति
घोडा चढ्न लगाम खिच्न केको सहमति
बनाउने बेला कमाउने बेला जस लिने बेला
आफ-आपै+m अग्रसर, अरूको केको सहमति

एकातिर व्यक्ति अहंवादी संस्कृति
अर्कोतिर मेल हुनै नदिने जालैजालो
अनि सहमति सहभाव कसरी सम्भव

सहमति एक मात्र सब समस्याको कडी भएको बेला
सहमति जुटाउने एक मात्र कसरत भइरहेको बेला
सहमति नभई क्यै पनि कसैले गर्न नसक्ने बेला
सहमतिबिना राष्ट्रिय रथ नै नचल्ने भइसकेको बेला
अहिलेको मानसिकता र परिस्थितिमा

सहमति- सुक्खा खेतमा रोपाइँ
सहमति- कोलाहलमा ऊँकारको रटाइ
सहमति- विमतिमा सुमतिको सोचाइ
सहमति- मातको पारामा गर्जेको बोेलाइ
सहमति- युद्घकालमा भन्दा चर्को अकडाइ
सहमति- उत्तरी दक्षिणी ध्रुव जोड्ने निर्रथक तन्काई

समय बिताउने राष्ट्रियता रित्याउने
जोस, जाँगर, उत्साह सिध्याउने
भजनमण्डलीको जमात उकास्ने
बेतालमा ताल मिलाएर नाचिरहने

मगनमस्तको थलो बनाउने
गन्तव्यको चाँजो-पाँजो बिर्सिदिने
अनि क्रान्तिकारी सपना
विपना हुने कहिले कहिले !!!