महायज्ञका वाचकबारे विवादित समाचार आएपछि…

महायज्ञका वाचकबारे विवादित समाचार आएपछि…


नारायणगढमा आज (११ माघ)देखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन पुगेका थिए ।

उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि चितवन पुगे पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय भएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौं फर्कन लागेका मगरले बताए ।

शनिबार प्रकाशित एक अखबारमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा चितवन पुगेका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नभएका हुन् ।

नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

pict:rss