चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका २३ पाइलटद्वारा सामूहिक राजीनामा

चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका २३ पाइलटद्वारा सामूहिक राजीनामा


विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि सेवा–सुविधा भने विदेशीलाई धेरै दिएको उनीहरूको भनाइ छ ।

राजीनामा दिने पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टा मात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाउँछन् । तर, उनीहरूको मासिक तलब १५ लाख छ । त्यसमा लाग्ने कर पनि व्यवस्थापनले नै तिरिदिने गरेको छ । तर, नेपाली पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने र हप्तामा बिदा १ दिन मात्र पाउँछन् । उनीहरूले आफ्नो पारिश्रमिकमा लाग्ने कर पनि आफैँले तिर्दै आएका छन् ।

सामूहिक राजीनामा दिने पाइलट

अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई