सात छोराछोरी सुरक्षा फौजमा हुने आमाबुबा सम्मानित

सात छोराछोरी सुरक्षा फौजमा हुने आमाबुबा सम्मानित


डोटीको दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ ।

उनीहरूका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् । जैसीदम्पतीलाई गणपति जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताए । उनले भने, ‘मेरा छोराछोरीको योगदानले म आज सम्मानित भएँ, योभन्दा अरू खुसीको क्षण के हुन सक्छ र !’