नातिनीको निहुँमा ससुराले गरे बुहारीको हत्या

नातिनीको निहुँमा ससुराले गरे बुहारीको हत्या


नातिनीको विषयलाई लिएर भएको विवादमा दाङमा ससुराले बुहारीको हत्या गरेका छन् । दाङको गढवा– ४ रामनगरका कुलमान योगीले कान्छी बुहारी वसन्ती कुवरको हत्या गरेका हुन् ।

ससुरा योगीले विवाद बढ्दै गएपछि बुहारी वसन्तीमाथि अन्धाधुन्द रूपमा धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते बनेकी बसन्तीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

प्रहरीले ससुरा कुलमानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।