सन २०२० मा जापानमा आयोजना हुन गैरहेको ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली टीमका खेलाडीहरुको ‘प्री ट्रेनिङ क्याम्प टोकोसिमा प्रीफेक्चर जापान’मा राख्ने सम्वन्धमा हालै दुई पक्षबीच हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र जापानको तर्फवाट गभर्नर कोमानोले हस्ताक्षर गरेका थिए । सो अवसरमा पौडी र आर्चरीको तर्फवाट अध्यक्षद्वय अशोक बज्राचार्य र दीपकराज गुरुङले हस्ताक्षर गरेका थिए ।
सो अवसरमा जापानका लागि नेपाली राजदुत श्रीमति प्रतिभा राणा, टोकोसिमा प्रीफेक्चर पार्लियामेन्टका अध्यक्ष हिरोसिफा किता, नेपाल फ्रेन्डसिप संघका अध्यक्ष यासुताकाको उपस्थिति रहेको थियो ।
सो अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र जापानको कुटनैतिक सम्बन्ध र नेपालको खेलकुद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । साथै दुई देशको विचमा सरकारी स्तरमा मात्र नभै नागरिकस्तरमा पनि अत्यन्तै सुमधुर सम्बन्ध रहेको पनि प्रकाश पारेका थिए ।
साथै तोकोशिमा प्रीफेक्चर जापानका गभर्नरलाई यो अवसर प्रदान गर्नु भएकोमा श्रेष्ठले धन्यवाद दिदै आगामी २०२० ओलम्पिक खेलकुदको भव्य सफलताको लागि अग्रिम शुभकामना दिएका थिए ।
प्रतिक्रिया