कलेज बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

कलेज बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते


मोरङमा कलेजका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ६ बजेको समयमा मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा बसधनी सानु साहको मृत्यु भएको हो ।

लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे.१ख १४९० नम्बर बस दुर्घटना हुँदा बसमा सहचालकको कामसमेत गर्दै आएका बसधनी विराटनगर–१५ का ३२ वर्षीय साहको मृत्यु भएको हो ।

घटनामा परी अन्य ११ विद्यार्थी घाइते भएका छन् । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको सवारीसाधन देख्न नसक्दा बस अनियन्त्रित भई घनपालथान गाउँपालिका–४ रामचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनापछि फरार रहेका बसचालक खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।