फिजम कप फुटबल अर्को साता

फिजम कप फुटबल अर्को साता


संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा नवौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता माघ १३ गते सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए ।

सहभागी टिमहरुमा मोनास्टिक, भीमेश्वर एकेडेमी, ग्रिनविच, नेक्स, न्यु होली क्रस, कम्यक, ग्रामर, नेपाल तारा, हेब्रोन, न्यु भिजन, दीपिका स्कुल, भीभीएम, स्वर्णिम तारा, बेस्ट ग्रुप भिजन, ग्लोबल, माउन्ट सेब, प्रज्ञा, अर्किड, रत्न शिक्षा, अन्नपूर्ण र लाइसियम रहेका छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुने छ । गत संस्करणको उपाधि ग्लोबल पब्लिक स्कुलले जितेको थियो । फाइनल माघ २५ गते हुने छ । उद्घाटन खेल ग्लोबल र माउन्ट सेबबीच हुने छ ।