धादिङमा ट्रक दुर्घटना हुँदा ६ को मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा ६ को मृत्यु


धादिङमा आज (७ माघ) भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । जिल्लाको निलकण्ठ नगरपालिका ८ स्थित मैदी भञ्ज्याङको ज्यामिरे मोडमा स्थानीय मण्डली मन्दिर दर्शन गरेर फर्किएको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा करिव तीन दर्जन यात्रु घाइते भएकामा तीमध्ये गम्भीर घाइते चारजनालाई उपचारका लागि काठमाडौं ल्याइएको र बाँकीको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ओह्रालो सडकमा तीव्र गतिका कारण ट्रक दुर्घटना परेको बताइएको छ ।