नेकपाभित्र मौलाएको महिला हिंसा !

नेकपाभित्र मौलाएको महिला हिंसा !


■ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

आम मानिसहरू कम्युनिष्ट पार्टी भन्नेबित्तिकै हिंसावादी, मानवताविरोधी र आतंककारी जत्थाका रूपमा बुझ्छन् । विश्वमा जहाँ–जहाँ कम्युनिष्ट पार्टीहरू छन्, त्यहाँ–त्यहाँ मानव संहार नभएको एउटा पनि उदाहरण छैन । रसियामा स्तालिनले गरेको नरसंहारले हिट्लर, मुसोलिनीको इतिहासलाई पछि पारेको छ भने चीन, भियतनाम, क्युवा, उत्तर कोरिया आदि देशहरूमा कम्युनिष्टहरूले आफ्ना नागरिकहरूलाई चरम दमन गरेको कुरा कतैबाट छिपेको छैन ।

हाम्रै देशमा पनि झापा विद्रोहको नाउँमा मान्छेको टाउको काट्ने अभियान नभएको होइन । पछि माओवादी नामको पार्टीले १७ हजार निहत्था नेपालीको हत्या गरेको घाउ आलै छ । यिनले कतिको अङ्गभङ्ग गरे, कतिको घरबार लथालिङ्ग गराए, कतिलाई घाइते जीवन बाँच्न बाध्य बनाए त्यसको लेखाजोखा भएकै छैन ।

एकाध साना कम्युनिष्ट घटकबाहेक मान्छे नमार्ने कम्युनिष्ट पार्टी नै छैनन् । सबैभन्दा कम हिंसा गर्ने पार्टी भनिएको पुष्पलालको नेतृत्वमा हर्रेबर्रे र चितवनको जुगेडी काण्ड भएका थिए । पूर्वमा मनमोहनको नेतृत्वमा स–साना संघर्षहरू भएका थिए । यी दुवै पार्टीको अगुवाईमा भएका संघर्षमा उतिसारो हिंसा भएको थिएन । बाहिरी हिंसा नभए पनि आनतरिक तहमा कार्यकर्तामाथि आंशिक दमन थियो । पछि चौ.म., मशाल, मसाल, एकता केन्द्र र माओवादी हुँदै आउँदा त्यसले नेपालको अवस्थालाई २ सय वर्ष पछाडि धकेलिदियो । अहिले जति अग्रगमनको कुरा गरे पनि नेपाल विश्वमै नालायक र पतित देशका रूपमा परिचित हुन पुगेको छ ।

माओवादीको उदयपश्चात् नेपालमा घुसखोरी, भ्रष्टाचारी, अनाचारी, दूराचारी, बलात्कारी र सामन्ती प्रथाको जगजगी भएको जगजाहेर छ । गुण्डाराज र फट्याइँको शासन छ । देशका गृह, सञ्चार, सभामुख जस्ता विशिष्ट पदहरूमा मानव हत्याका आरोपीहरू पुगेका छन् । प्रशासनका उच्च पदमा पनि घुस्याहा र भ्रष्टाचारीहरूलाई स्थापित गरिएको छ । प्रहरी र अदालतमा समेत माथिका घृणित विषयमाथि मौन रहनेलाई पुऱ्याइएको छ । अहिलेसम्म अछुतो रहेको नेपाली सेना मात्र हो । अन्यत्र बेथिति, विसंगति र विकृतिबाहेक केही छैन । यस्तो चुत्थो र नालायक अवस्थालाई उपलब्धि भन्दै हिँड्ने कम्युनिष्ट कति तल्लो दर्जाका हुँदा हुन्, अनुमान गरिरहनै पर्दैन । अझ ५ हजार त मैले मारेको हुँ भन्दै डुक्रिदै हिँड्नेलाई समेत पुलिस, प्रशासन र कम्युनिष्ट सरकारले कारवाहीको दायरामा ल्याएन । निर्मला पन्तजस्ता सयौँ किशोरी बलात्कृत भएर मारिँदा कार्यवाही भएन । ६–७ वर्षका देखि ७२ वर्षका महिलाहरू बलात्कृत हुँदा गृहमन्त्रीले स्वाभाविक भन्नु, प्र.म. निरीह मूकदर्शक हुनु कम्युनिष्ट राजमा मानवता नहुनु एक ज्वलन्त प्रमाण हो । मानव अधिकारको त कुरै छोडौँ, सामान्य मानिस भएर जिउनसमेत दिएका छैनन् ।

नालायक अवस्थालाई उपलब्धि भन्दै हिँड्ने कम्युनिष्ट कति तल्लो दर्जाका हुँदा हुन्, अनुमान गरिरहनै पर्दैन । अझ ५ हजार त मैले मारेको हुँ भन्दै डुक्रिदै हिँड्नेलाई समेत पुलिस, प्रशासन र कम्युनिष्ट सरकारले कारवाहीको दायरामा ल्याएन । निर्मला पन्तजस्ता सयौँ किशोरी बलात्कृत भएर मारिँदा कार्यवाही भएन ।

कम्युनिष्ट पार्टीहरूमा सबभन्दा बढी झाँगिंदै र मौलाउँदै गएको प्रवृत्ति महिला हिंसा मुख्य हो । कम्युनिष्टहरू महिला हरूलाई दासीका रूपमा मात्र लिने गर्छन् । कतिपयले २–३ वटी महिला श्रीमती बनाएर राख्ने गरेका छन् । उनीहरूको पाटी वा संगठनमा महिला सभापति हुने गुञ्जाइस नै हुँदैन । घरमा श्रीमती भए पनि बाहिर अर्की राख्नु मामुली कुरा हुन्छ । घरकीले विरोध गरेमा प्राणै उडाइदिन्छन् । प्रायः कम्युनिष्ट पार्टीका महिलाहरू समाजमा सबैभन्दा दुःखी र अभागिनी मानिन्छन् । अरू प्रजातान्त्रिक वा राजावादी पार्टीहरूमा एकाध महिलाले उच्च पदमा पुग्ने अवसर पाउँछन् । तर कम्युनिष्ट पार्टीमा त्यो सम्भावनै हुन्न । उमेरदार र सुन्दरी छन् भने चाहिँ तिनले केही हदमा ठाउँ पाएका पनि छन् । यी दुवै विशेषता नभएर होला, डा. शिवमाया तुम्बहाम्फेले पदबाट बाहिरिनु पऱ्यो । एउटाले १४ वर्षदेखि सम्बन्ध बनाउँदै आएकी महिलाले मोलतोल नमिलेर उजुर हालेकै भरमा अर्की महिलाको उपसभामुख पद पनि गयो । यस्तो मत्स्य न्याय पनि कम्युनिष्ट पार्टीमा हुँदै आएका छन् ।

कृष्णबहादुर महराले गल्ती गरेका थिए होलान् र अदालतले सजाए दियो, तर शिवमाया तुम्बाहाम्फेले त कतै कुनै गल्ती गरेकै थिइनन् । बेकसुर उनलाई किन पदबाट राजिनामा दिन बाध्य पारियो ? उता संसद् सचिवालयजस्तो मर्यादित ठाउँमा कार्यरत महिला कर्मचारी (जसका घरमा पति, छोरा छन्) ले परपुरुषसित वर्षौंदेखि रहश्यमयी सम्बन्ध राखेको सार्वजनिक हुँदा पनि किन कारवाही भएन ? यहाँ महरा मात्र दोषी होइनन्, महरालाई फसाउने पात्र पनि उत्तिकै दोषी हो । समाजमा महिला–हिंसा मात्र हुँदैन, पुरुषमाथि पनि हिंसा हुन्छ । यहाँ डा. शिवमायामाथि विनाकसुर सजाय हुनु एकखालको महिला हिंसा हो भने अर्कोतिर समान केसमा महरामाथि मात्र कारवाही हुनुले पुरुष हिंसा भएको मान्नुपर्छ । सतहमा नआएका यस्ता जघन्य हिंसा कम्युनिष्ट पार्टीभित्र अनगिन्ती छन् ।

गहिएर हेर्ने हो भने उपसभामुखको अर्थ हो सभामुखको वैकल्पिक सभामुख, सभामुख रिक्त भएमा स्वतः उप नै सभामुख हुने लोकतन्त्रीय पद्धति हो । यसरी हेर्दा कम्युनिष्टहरू कसैगरी पनि लोकतन्त्र पक्षधर हुनै सक्तैनन् भन्ने यो बलियो प्रमाण पनि हो ।

डा. शिवमायामाथि विनाकसुर सजाय हुनु एकखालको महिला हिंसा हो भने अर्कोतिर समान केसमा महरामाथि मात्र कारवाही हुनुले पुरुष हिंसा भएको मान्नुपर्छ । सतहमा नआएका यस्ता जघन्य हिंसा कम्युनिष्ट पार्टीभित्र अनगिन्ती छन् ।

कम्युनिष्ट पार्टीमा बिल्कुलै मानवीय हक नपाउने मजदूर वर्ग हो । आजसम्म पूँजीवादी मुलुकमा जति पारिश्रमिक र मानवीय सुख–सुविधा कम्युनिष्ट देशहरूमा मजदूर वर्गले पाएका छैनन् । काम खोज्दै विदेश जानेहरूको स्थिति हेऱ्यो भने के थाहा लाग्दछ भने चीन, उत्तर कोरिया जानेको संख्या नै भेटिँदैन । जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत, कयानडा, अष्ट्रेलिया, भारतजस्ता प्रजातान्त्रिक देशहरूमा मात्र किन श्रमजीवीको भीड लाग्छ ? अरू त के, चीनजस्तो विकसित देशभन्दा ताइवानजस्तो विकासोन्मुख सानो मुलुकमा काम गर्न इच्छुक हुनु कम्युनिष्ट देशहरूमा श्रमजीवी वर्गको हित हुँदैन भन्ने प्रमाण हो ।

कामदारहरू बरु साउदी, कुवेत, अरब इमिरेटजस्ता मुस्लिम देश जान चाहन्छन्, तर कम्युनिष्ट देश जान रुचाउँदैनन् । यतिसम्म कि कम्युनिष्ट देशमा जानुभन्दा इरान, इराक, जोर्डनजस्ता ज्यानको ग्यारेण्टी नहुने देशमा जान्छन् । यसको सिधा अर्थ हो कम्युनिष्टहरूले श्रमअनुसारको ज्याला दिँदैनन् र जीवनसमेत असुरक्षित हुन्छ । अरूको त के कुरा श्रमजीवी वर्गको भनिएको पार्टीले सरकार चलाएका देशहरूम स्वयम् श्रमजीवी वर्ग नै जान चाहँदैनन् । करिव ७३ वर्ष सोभियत रुस र ७० वर्ष चीनमा कम्युनिष्ट पार्टीले सरकार चलायो, त्यहाँ एकजना पनि महिला राष्ट्रपति वा प्रधानमन्त्री बनाइएनन् र पार्टीका आधिकारिक तहमा पनि पुगेनन् । यी दुवै देशमा मजदूर वा किसान वर्गबाट कोही पनि उपल्लो तहमा पुऱ्याइएनन् ।

हामीले हेऱ्यौँ भने अमेरिकामा अब्राहम लिंकन, भारतमा लालबहादुर शास्त्री अत्यन्त गरिब परिवारबाट राष्ट्रपति र प्रधानमन्त्री बने । भारतकै नरेन्द्र मोदी फुटपाथबाट प्रधानमन्त्री बने । तर चीन, रुस वा उत्तर कोरियामा कुनै गरिब किसानको छोरो उपल्लो तहमा पुगेको देखिएको छैन । बरु मुस्लिम देश पाकिस्तान, बंगलादेशमा महिला र श्रमजीवी वर्गका मानिसहरू प्रधानमन्त्री भए । हाम्रै देशमा पनि सुशील कोइराला प्र.म. हुँदा विद्या भण्डारीले राष्ट्रपति हुने अवसर पाएकी हुन् र अपवादका रूपमा नेकपाले उनलाई उम्मेदवार बनाएको हो, त्यो पनि नेकपाको एउटा फुच्चे गूट हावी हुँदा त्यसो भएको हो । नत्र त्यो पनि असम्भवप्रायः थियो ।

सभामुखजस्तो मर्यादित पदमा स्वच्छ छवि भएको व्यक्ति पठाउनुपर्नेमा पुरुष भएकै नाताले विवादास्पद छवि भएका व्यक्ति अघि सारिएको छ । कम्युनिष्टभित्र निष्ठा, नैतिकता, चरित्र र सिद्धान्त केही हुँदैन भन्ने कुरा डा. शिवमाया तुम्बाहाम्फेलाई बलि चढाएको घटनाले पुष्टि गर्दछ ।

जतिसुकै नारा दिए पनि जातीय, वर्गीय विभेद कम्युनिष्टमा जति अन्त हुँदैन । कुनै पनि कम्युनिष्ट पार्टीमा दलितहरू माथिल्लो पोष्टमा पुगेनन् । राजाका पालामा हीरालाल विश्वकर्मा, गोल्छे सार्की, कांग्रेसका पालामा मनबहादुर विश्वकर्मा मन्त्री भए, तर नेकपामा दलित र जनजातिहरू मन्त्रीसम्म भएनन् । ३३ प्रतिशत महिला पार्टीमा हुनुपर्नेमा नेकपाभित्र १३ प्रतिशत मात्र छन्, दलित कोटा त समाप्तै बनाए । चिट्ठै परेको मान्नुपर्छ, सुवास नेम्वाङ मात्र जनजातिबाट सभामुख भए । अहिले शिवमायालाई एक त जनजाति त्यसमाथि पनि महिला भएकै कारण सभामुख हुन दिइएन ।

सभामुखजस्तो मर्यादित पदमा स्वच्छ छवि भएको व्यक्ति पठाउनुपर्नेमा पुरुष भएकै नाताले विवादास्पद छवि भएका व्यक्ति अघि सारिएको छ । कम्युनिष्टहरूले कांग्रेस वा राजावादीहरूलाई पितृसत्तात्मक भन्ने लाञ्छना लगाए पनि यथार्थमा यी सबैमा कम्युनिष्टहरू अग्रपंक्तिमा रहेका छन् । कम्युनिष्टभित्र निष्ठा, नैतिकता, चरित्र र सिद्धान्त केही हुँदैन भन्ने कुरा डा. शिवमाया तुम्बाहाम्फेलाई बलि चढाएको घटनाले पुष्टि गर्दछ । कम्युनिष्टभित्र यस्तो जघन्य विभेद र अत्याचार हुँदा पनि किन भेडाझैँ मानिसहरू झुम्मिएका हुन् ? मलाई सधैं आश्चर्य लागिरहन्छ । अस्तु ।

– महाकवि देवकोटा आश्रम, हालः बेघर
[email protected]