आवासीय भवनमा आगलागी हुँदा रुसमा एघारको मृत्यु

आवासीय भवनमा आगलागी हुँदा रुसमा एघारको मृत्यु


रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयानुसार मंगलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको सो भवनमा मंगलबार आगलागी भएको र अन्य दुईजना भाग्न सफल भएका थिए ।

आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।
रासस–सिन्ह्वा