२० हजार लिटर अवैध मदिरा नष्ट

२० हजार लिटर अवैध मदिरा नष्ट


महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैध रूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

मदिरा बनाउन बंगुरको कुहिएको आन्द्रा, जुत्ता, होटेलबाट खेर गएका खानालगायतका फोहोर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरिएको फेला

पचासजनाको नेतृत्वमा गएको प्रहरी टोलीले कामीटारका भट्टीमा छापा मार्दा मदिरा बनाउन बंगुरको कुहिएको आन्द्रा, जुत्ता, होटेलबाट खेर गएका खानालगायतका फोहोर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरेको फेला परेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको रोहवरमा उक्त बरामद मदिरा नष्ट गरेको थियो ।
रासस